मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उत्कृष्ट उद्यमी सम्मानित

gorkhapatraonline.com · Mon Jun 22 08:06:04 GMT 2026

पश्चिम बागलुङको बडिगाड गाउँपालिकाले उत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरेको छ । बडिगाडले गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्थासँग सहकार्य गरेर सञ्चालन गरेको ‘बुद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवर्धन’ कार्यक्रमअन्तर्गत उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो ।

कार्यक्रमअन्तर्गत व्यवसायिक किवी खेती गर्दै आउनुभएका जिवबहादुर खत्री उत्कृष्ट उद्यमीका रुपमा नगदसहित सम्मानित हुनुभएको छ । निवेदनको आधारमा बडिगाडका ९१ उद्यमीबिच प्रतिस्पर्धा गराउँदा उत्कृष्ट ४०, २० र १० को प्रतिस्पर्धामा खत्री उत्कृष्ट उद्यमी बन्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)