६ वर्षदेखि बनेन बुढीगंगा नदीको पुल, ठेक्का नै रद्द
onlinekhabar.com · Mon Jun 22 08:10:34 GMT 2026

८ असार, बाजुरा । बाजुराको बुढीगंगा नदीमा निर्माण हुने भनिएको मोटरेबल पुल ६ वर्षदेखि अलपत्र परेको छ । बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने ‘मौरे पुल’ निर्माण सम्झौता भएको ६ वर्ष पुग्न लाग्दा पनि निर्माण हुन नसकेको त्रिवेणी नगरपालिका स्थानीय कविराज गिरीले बताए ।
महाकाली पुल योजना महेन्द्रनगर कञ्चनपुरले २२ करोड ६ लाख ५२४ रुपैयाँ लागतमा निर्माणगर्ने भनिएको पुलको अहिले ठेक्का नै रद्द भइसकेको छ । कार्यालयले निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विवाद सर्वोच्च अदालतसम्म पुगेपछि पुल निर्माण नै अन्योलमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)