मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

setopati.com · Mon Jun 22 08:14:02 GMT 2026

कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा एक जना पत्रकार पक्राउ परेका छन्।

भिमदत्त नगरपालिका-४ महेन्द्रनगर स्थित एक होटलमा पत्रकारले वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वडा-५ की तिनतारा बस्ने ऐश्वर्या कुँवर छिन्।

उनले वडाध्यक्ष देवकोटा र कार्यपालिका सदस्य सिता देवी भण्डारीसँग वादविवाद र हातपात गरेकी थिइन्।

यसरी हातपात गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि चर्को आलोचना समेत भएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)