सङ्कटसँग लड्ने दृढ शक्ति मिलोस् : प्रदेश प्रमुख देवकोटा
gorkhapatraonline.com · Mon Sep 14 07:25:57 GMT 2026

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरितालिका तिजले सबैमा सुख, शान्ति र सङ्कटसँग लड्ने दृढ शक्ति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिजको अवसरमा सोमबार शुभकामना दिनुहुँदै उहाँले प्राकृतिक विपत्तिको सामना गरिरहेका नागरिकमा धैर्य गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले तिज नेपाली सांस्कृतिक परम्पराको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले आपसी एकता, सद्भाव र सामाजिक भ्रातृत्वलाई बलियो बनाउन योगदान गर्दैआएको बताउनुभएको छ । यस वर्ष भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रदेशका कतिपय क्षेत्र प्राकृतिक विपत्तिको सामना गरिरहेको उल्लेख गर्दै उहाँले विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)