मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परिवर्तनको गर्भ र ‘माया’ को जोखिम

onlinekhabar.com · Mon Jun 22 08:16:18 GMT 2026

गत २०८२ साल भदौ २३ र २४ मा जेनजी पुस्ताले आन्दोलन मार्फत देशमा परिवर्तनको बीउ छर्‍यो। फागुन २१ मा निर्वाचन गराउन अन्तरिम सरकार गठन भयो। निर्वाचन सम्पन्न भयो र राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ नजिकको जनमत प्राप्त गर्‍यो। उक्त पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्री बनेका छन्।

शासनशैली बदलिएको छ। पहिला प्रधानमन्त्रीले बालुवाटारमा गर्ने भेटवार्ता र बाहिर गरेका भाषणबाट सत्ता सञ्चालन भएको अनुभूति हुन्थ्यो भने अहिले प्रधानमन्त्रीले आफ्ना कुरा सामाजिक सञ्जालमा राख्ने, बाहिर राजनीतिक भाषण नगर्ने र बालुवाटारलाई निजी निवासमा सीमित गरी भेटघाट लगायत सत्ता सञ्चालनका काम सिंहदरबार केन्द्रित भएर गरेको देखिन्छ। चौतर्फी राजनीतीकरणको ढोका बन्द गर्दै द्रुत गतिमा जनअपेक्षा सम्बोधन गर्ने भनी अध्यादेशको बाटोबाट कानून जारी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)