सद्गुरुको ‘मिराकल अफ माइन्ड’ ध्यान एप नेपाली भाषामा सार्वजनिक
shilapatra.com · Mon Jun 22 08:15:00 GMT 2026

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सद्गुरुको मार्गदर्शनमा विकसित ‘मिराकल अफ माइन्ड’ ध्यान एप नेपाली भाषामा सार्वजनिक गरिएको छ ।
ईशा फाउन्डेसनका स्वयंसेवकहरूले विकास गरेको उक्त एप काठमाडौंको बालुवाटारस्थित टी२१ प्यालेसमा आयोजित कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्व कानुनमन्त्री अनिल सिन्हा, सांसद गङ्गा लक्ष्मी अवाल, पूर्वडिस्ट्रिक्ट गभर्नर जया राज्यलक्ष्मी शाह, यती एयरलाइन्सकी निर्देशक चन्दा शेर्पा, पर्यटनविज्ञ रानु शाह तथा सेन्टर फर सेक्युरिटी एन्ड जस्टिस सर्भिसका सचिव रविराज थापालगायतको उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ