कोशी प्रदेशप्रति अनुदार, बजेटमा देखिएनन् ठुला योजना
ratopati.com · Fri May 29 12:56:54 GMT 2026

विराटनगर । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रति कोशी प्रदेश सरकारले असन्तुष्टि व्यक्त गरेको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सङ्घीय बजेट कोशी प्रदेशको विकास र आवश्यकताको तुलनामा ‘अनुदार’ र ‘उत्साहहीन’ रहेको टिप्पणी गरे ।
मन्त्री लिङ्थेपले सङ्घीय बजेटको आकार ठुलो भए पनि यसले सङ्घीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहलाई न्याय गर्न नसकेको बताए । बजेट भाषण लगत्तै प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भने, ‘अहिलेको बजेट अलिकति महत्त्वाकाङ्क्षी देखिएको छ, जसको कार्यान्वयन पक्ष निकै चुनौतीपूर्ण छ । खासगरी राजस्व सङ्कलनको लक्ष्य र खर्चको सन्तुलन मिल्ने देखिँदैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)