तस्बिरमा जडीबुटी-सूर्यविनायक खण्डमा बत्ती मर्मत
nepalnews.com · Mon Jun 22 08:34:46 GMT 2026

काठमाडौँ। अरनिको राजमार्गअन्तर्गत जडीबुटी-सूर्यविनायक खण्डमा सडकबत्ती मर्मत तथा पुनः सञ्चालनको काम तीव्र रूपमा भइरहेको छ।
लामो समयदेखि बत्ती नबल्दा रातिको समयमा यात्रा गर्ने सवारीसाधनका चालक तथा सर्वसाधारणले दुर्घटनाको जोखिम बढेको भन्दै गुनासो गर्दै आएका थिए। सोही समस्या सम्बोधन गर्न सम्बन्धित कम्पनीले बिग्रिएका बत्तीहरूको मर्मत तथा व्यवस्थापन सुरु गरेको हो।
यो सडकखण्डमा जम्मा ४५० वटा १२० वाट क्षमताका स्मार्ट सडकबत्ती जडान गरिएको छ। ती बत्ती नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकालमा सन् २०२२ मा स्थापना गरिएको थियो।
मर्मतको काम सकिएपछि रातिमा आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
हेर्नुहोस् थप तस्बिर :
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)