मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

kendrabindu.com · Mon Jun 22 08:40:06 GMT 2026

गोरखा । गोठ नजिकैको इसराङ भीरबाट खसेको भेडा समात्न हाम्फालेका चुमनुब्री ३ पाङसिङका ६७ वर्षीय लारा गुरुङ फर्किएनन् । भेडा जोगाउन खोज्दा जीवन गुमाएका लारा न पहिलो व्यक्ति हुन्, न अन्तिम । उनको कथाले उत्तरी गोरखाको भेडा गोठालाको जीवन कति जोखिमपूर्ण छ भन्ने सवाल उजागर गरेको छ ।

समुद्री सतहबाट चार हजार मिटरभन्दा माथिको लेक, खर्कको बसाई, बेलाबेला खस्ने सुख्खा पहिरो तथा बाटोमा ढुङ्गा खस्ने समस्या, भौगोलिक कठिनाइ पनि उस्तै छ । जनशक्ति पलायनजस्ता समस्याले भेडागोठालाको जीवन झनै कष्टपूर्ण बन्दै गएको गोठालाहरुको गुनासो छ । यतिबेला उत्तरी गोरखाका भेडागोठालाहरु लेकतिर गोठ लैजाँदैछन् । उँधौलीका बेला गोरखाको आरुघाट, धादिङको बसेरी, सल्यानटार तथा लमजुङको बाहुनडाँडा, विचौरसम्म फैलिएका उत्तरी गोरखाका गोठहरु उँभौली लागेपछि फेरि विस्तारै लेकतर्फ लैजाँदै गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)