मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरद्वारा पदबाट राजीनामा दिने घोषणा

bbc.com · Mon Jun 22 08:45:41 GMT 2026

ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले डाउनिङ स्ट्रीटमा पदत्याग गर्ने आफ्नो योजना घोषणा गरे।

गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने ठानिएको छ।

तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तरार्धसम्म कुर्नुपर्ने ठानिएको छ। त्यति बेला लेबर पार्टीको अधिवेशन आयोजना हुन लागेको छ।

दुई वर्षअघि पार्टीभित्र भएको निर्वाचनबाट स्टार्मर प्रधानमन्त्री पदका लागि चुनिएका थिए।

यूकेका नयाँ प्रधानमन्त्री सर किअर स्टार्मर को हुन्

यूकेमा सुनकद्वारा राजीनामा, सर किअर स्टार्मर नयाँ प्रधानमन्त्री नियुक्त

राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू पदमा आउँदा लेबर पार्टी "राजनीतिक,आर्थिक र नैतिक रूपमा टाट पल्टिएको" अवस्थामा भएको बताए।

स्टार्मरले आफूलाई "पटकपटक" पार्टी "सकियो" भनिएको तर आफूले "ती मानिसहरूलाई गलत साबित गरिदिएको" बताए।

उनले "यहुदीविरोधी भावनाको विषलाई जरैदेखि उखेलेर" पार्टीलाई परिवर्तन गरेको दाबी गरे।

"अर्थतन्त्र, रक्षा र राष्ट्रिय सुरक्षामा विश्वास पुन:स्थापित गर्दै," उनले भने।

'लेबर पार्टीको नेताबाट पनि राजीनामा दिने'

आफ्नो पार्टीले "के अर्को निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उनी सबैभन्दा उपयुक्त पात्र हुन् त?" भन्ने प्रश्न सोधेको भन्दै स्टार्मरले आफुले त्यसको "उत्तर सुनिसकेको" र "त्यसलाई सहर्ष स्वीकार गर्ने" बताए।

उनले आफ्नो प्रत्येक निर्णय "आफूले माया गर्ने देशलाई सधैँ पहिलो प्राथमिकतामा राखेर" लिएको बताए।

"म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)

सम्बन्धित विषय