मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

kalakarmi.com · Mon Jun 22 08:30:50 GMT 2026

काठमाडौं- स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल स्पेनलाई जित दिलाएन, फुटबल इतिहासमा एउटा रोचक संयोग पनि दोहोरिएको छ । यामालले आफ्ना आइडल खेलाडी लियोनल मेस्सी सँग सम्बन्धित दुई दशक पुरानो इतिहासलाई लगभग हुबहु दोहोर्याएका छन् । साउदी अरेबियाविरुद्धको खेलमा गोल गर्दै यामालले विश्वकपमा आफ्नो गोल खाता खोलेका थिए ।

विशेष कुरा के भने, उनले यो उपलब्धि हासिल गर्दा उनको उमेर १८ वर्ष ११ महिना थियो । ठीक यही उमेरमा मेस्सीले पनि सन् २००६ को विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए । यति मात्र होइन, दुवै खेलाडीले विश्वकपमा पहिलो गोल गर्दा १९ नम्बरको जर्सी लगाएका थिए र दायाँ खुट्टाको प्रयोग गरेर गोल गरेका थिए । दुई फरक पुस्ताका खेलाडीबीच देखिएको यो संयोगले विश्व फुटबल समर्थकमाझ चर्चा बटुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय