मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मुम्बईमा खानेपानीको हाहाकार !

kendrabindu.com · Mon Jun 22 08:46:49 GMT 2026

काठमाडाैं । मुम्बईका सातवटा मुख्य जलाशयहरूमा पानीको कुल मौज्दात घटेर जम्मा ९ प्रतिशतमा झरेपछि सहरमा खानेपानीको हाहाकार हुन सक्ने जोखिम बढेको छ। बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार मुम्बईमा पानी आपूर्ति गर्ने यी तालहरूमा अहिले पानीको मात्रा निकै चिन्ताजनक तहमा पुगेको हो।

मनसुन सुरु हुन ढिलाइ भएका कारण पानीको मुहान क्षेत्र (क्याचमेन्ट एरिया) मा पर्याप्त वर्षा हुन सकेको छैन। जसका कारण मुम्बईको कुल १४ लाख ४७ हजार ३६३ मिलियन लिटर क्षमतामध्ये हाल मात्र १ लाख ३० हजार २७५ मिलियन लिटर पानी मात्र बाँकी छ। यसले आगामी हप्ताहरूमा मुम्बईको खानेपानी सुरक्षामा ठुलो चुनौती थपेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)