अरनिको राजमार्गमा सडक बत्ती मर्मत (तस्बिरहरू)
setopati.com · Mon Jun 22 08:49:39 GMT 2026

अरनिको राजमार्गअन्तर्गत जडीबुटी–सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत तथा सञ्चालनको काम अघि बढेको छ।
सडक बत्ती नबल्दा रातको समयमा यात्रा गर्ने सवारी चालक तथा सर्वसाधारणले दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए।
यो सडक खण्डमा कुल ४५० वटा बत्ती रहेका छन्, जसको क्षमता १२० वाट रहेको छ।
यी स्मार्ट सडक बत्तीहरू नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकालमा सन् २०२२ मा जडान गरिएको थियो।
हाल सम्बन्धित कम्पनीले बिग्रिएका बत्तीहरूको मर्मत तथा व्यवस्थापन कार्य गरिरहेको हो।
तस्बिरहरू- सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
हितेन्द्रदेव शाक्य