बालेन सरकारको कलाकारमाथि निर्मम : सभामुखमाथिको रोस्टमामा सेन्सरसिप, ११ पटक बिप
bishowkhabar.com · Mon Jun 22 08:51:41 GMT 2026

काठमाडौं– टिभी शो ‘कमेडी दरबार’को पछिल्लो एपिसोडमा सभामुखलाई लक्षित गरिएको प्रस्तुति विवादमा परेको छ ।
प्रेस काउन्सिलको निर्देशनपछि उक्त एपिसोडमा ‘सभामुख’ शब्द ११ पटक बिप गरेर म्युट गरिएको छ ।
सिजन ३ को नवौं एपिसोडमा कलाकार सरोज भण्डारी र सुजन जिम्बाले सभामुख र मर्यादापालकको भूमिकामा व्यंग्यात्मक प्रस्तुति दिएका थिए ।
ट्रेलर सार्वजनिक भएपछि अधिवक्ता खगेन्द्र चापागाईंले प्रेस काउन्सिलमा उजुरी दिएका थिए ।
उजुरीपछि काउन्सिलले विवादित अंश हटाउन निर्देशन दिएपछि ओएसआर रियालिटीले बिप राखेर एपिसोड युट्युबमा सार्वजनिक गरेको हो ।
निर्देशक श्रद्धा प्रसाईंले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ