नेकपाले सुदूरपश्चिमका दुई सांसदसँग माग्यो स्पष्टीकरण
shilapatra.com · Fri May 29 13:26:11 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले दुई जना प्रदेशसभा सांसदलाई लिखित स्पष्टीकरण सोधेको छ । संसदीय दलको बैठकमा नियमित अनुपस्थित रहने तथा पार्टी अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै संसदीय दलका नेता खगराज भट्टले साविक नागरिक उन्मुक्ति पार्टीबाट एकता प्रक्रियामार्फत आएका सांसद रामेश्वर चौधरी र घनश्याम चौधरीलाई शुक्रबार स्पष्टीकरण पत्र पठाएका हुन् ।
पत्रमा प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको, विपक्षी दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको आरोप उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)