याडियाको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ६० हजार रुपैयाँ
ajakoartha.com · Mon Jun 22 08:50:00 GMT 2026

काठमाडौं- विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले विशेष ‘किनेस एक्सपेरियन्स’ कार्यक्रम आयोजना गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो।
दैनिक आवतजावतका लागि मात्र प्रयोग हुने परम्परागत इलेक्ट्रिक स्कुटर तथा बाइकभन्दा फरक रूपमा किनेसलाई गति, शक्ति, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीले जनाएको छ। आधुनिक प्रविधि र प्रिमियम अनुभव खोज्ने नेपाली राइडरलाई लक्षित गर्दै यो मोटरसाइकल बजारमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)