सुन चोरी प्रकरण : वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन
annapurnapost.com · Mon Jun 22 08:50:32 GMT 2026

काठमाडौं : नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएकाहरूले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएपछि अहिलेसम्म बैंकले कुनै राहत नदिएको भन्दै सुन धितो राखेर कर्जा लिएकाहरूले सोमबार सिंहदरबार प्लाजामा रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् ।
जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब १८ किलो सुन र सवा ५ करोड नगद लुटिएको थियो ।
ऋणको धितोका रूपमा राखिएको उक्त सुन हराएपछि क्षतिपूर्ति वा राहत दिनको साटो बैंक व्यवस्थापन पन्छिन खोजेको भन्दै आन्दोलन गर्नुपरेको सुन धितोकर्ता सरस्वती बस्नेतले बताइन्।
सुन धितो राखेर कर्जा लिएकाहरूले कूल तौल बराबरको सुना फिर्ता गर्न माग गरेका छन् । प्रदर्शन गर्दै बैंक भित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो ।
प्रदर्शनकारीहरूले सरकारी बैंकलाई विश्वास गर्नु हाम्रो अपराध हो की के हो सरकार ? भन्दै प्रश्न गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ