नवलपरासीबाट २७ लाखको अवैध सामान बरामद
canadanepal.com · Mon Jun 22 08:55:57 GMT 2026

काठमाडौँ - जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले बर्दघाट नगरपालिकाबाट अन्दाजी २७ लाख १९ हजार ९८४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
आइतबार राति साढे १० बजेतिर जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त गस्ती टोलीले मोबाइल टेम्पर ग्लास ४७ कार्टुन (२३,५०० पिस) र हुक्कामा प्रयोग हुने फ्लेवर ३२ कार्टुन (९८४ प्याकेट) फेला पारेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
भन्सार विभाग