विषादी परीक्षण केन्द्र सञ्चालन
ratopati.com · Sat Nov 29 20:26:00 GMT 2025

ललितपुर । ललितपुर महानगरपालिका–३ कार्यालयले विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको विषादीको परीक्षण गर्न वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुङ्गामा रहेको ‘हाम्रो घर’मा विषादी परीक्षण केन्द्रको सुरुआत गरेको हो ।
परीक्षण केन्द्रको उद्घाटन गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगका कारण नगरवासी रोगी हुँदा समस्या सृजना हुने भन्दै यसका लागि विषादी परीक्षण केन्द्र उपयोगी हुने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)