भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती
deshsanchar.com · Mon Aug 04 17:15:46 GMT 2025

तनहुँ – मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ। यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो।
नेकपा (एमाले) भीमादका अध्यक्षसमेत रहनुभएका कृषक इमानबहादुर थापाका अनुसार, हालसम्म दुई हजार ५०० किलो खुर्सानी बिक्री भइसकेको छ। हाल बजारमा प्रतिकिलोग्राम रु ५०० सम्म थोक मूल्य छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)