मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने

ratopati.com · Mon Jun 22 08:58:17 GMT 2026

काठमाडौँ । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले सोमबार आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । राजीनामा घोषणा अघि उनले आज बिहान बेलायती राजा चार्ल्सलाई भेटेर आफ्नो निर्णयबारे औपचारिक जानकारी गराएका थिए।

राजीनामाको घोषणासँगै स्टार्मरले लेबर पार्टीको नयाँ नेतृत्व चयनका लागि पनि आवश्यक प्रक्रिया पनि अगाडि बढाएका छन्। उनले पार्टीको राष्ट्रिय कार्यकारिणी समिति (एनईसी) लाई नयाँ नेता छनोटका लागि कार्यतालिका तय गर्न आग्रह गरेका छन्।

यी समाचार पनि पढ्नुहाेस्

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर

जसअनुसार आगामी जुलाई ९ तारिखदेखि नेतृत्वका लागि मनोनयन खुल्नेछ। लेबर पार्टीले संसदीय ग्रीष्मकालीन बिदा (समर रिसेस) अगावै निर्वाचनका सम्पूर्ण प्रक्रियाहरू पुरा गर्ने लक्ष्य लिएको छ।

यस कार्यतालिका अनुसार बेलायती संसद्को आगामी बैठक सेप्टेम्बरमा सुरु हुनुअघि नै लेबर पार्टीले नयाँ नेता र देशले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ।

नयाँ उत्तराधिकारी नचुनिएसम्मका लागि स्टार्मर नै प्रधानमन्त्रीको पदमा बहाल रहनेछन्। उनले नेतृत्व हस्तान्तरणको प्रक्रियालाई व्यवस्थित र सहज बनाउनका लागि नयाँ नेता चयन नभएसम्म आफू जिम्मेवारीमै रहने स्पष्ट पारेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय