मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका एक सांसद भन्छन्– होर्मुज स्ट्रेट अमेरिकाको निजी क्यासिनो होइन

onlinekhabar.com · Mon Jun 22 08:58:12 GMT 2026

८ असार, काठमाडौं । इरानका सांसद इब्राहिम अजिजीले स्ट्रेट अफ होर्मुजबारे अन्तिम निर्णय गर्ने अधिकार इरानको नै रहेको बताएका छन् । स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच वार्ता चलिरहेका बेला इरानी संसद्को राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका प्रमुख समेत रहेका सांदद अजिजीको यो बयान आएको हो ।

‘तिमी(अमेरिका) धमकी देऊ, हामी कारबाही गर्नेछौं,’ उनले एक्समा लेखेका छन्,‘होर्मुज स्ट्रेट न तिम्रो निजी क्यासिनो हो न आधुनिक समुद्री डाँकुको अड्डा ।’ उनले होर्मुज स्ट्रेट इरानी सम्प्रभुताको प्रतीक रहेको टिप्पणी गरेका छन् ।

‘यो इरानी सम्प्रभुताको प्रतीक हो र यसबारे अन्तिम फैसला इरानका जनता र उसको बहादुर सेनाको हातमा छ,’ उनले अगाडि लेखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय