बेलायती प्रधानमन्त्री स्टार्मरलाई राजीनामाको दबाब
baahrakhari.com · Mon Jun 22 08:59:35 GMT 2026

काठमाडौं । बेलायतका प्रधानमन्त्री किएर स्टार्मरमाथि पद त्याग गर्न दबाब बढ्दै गएको छ । सत्तारूढ लेबर पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको र केही नेताहरूले एन्डी बर्नह्यामलाई सम्भावित नयाँ नेतृत्वका रूपमा अघि सार्न थालेको अलजजिरा ले जनाएको छ ।
हालै भएको संसदीय उपनिर्वाचनमा लेबर पार्टीका नेता बर्नह्यामले जित हासिल गरेका थिए । उनले कट्टर दक्षिणपन्थी नेता नाइजेल फारेजको पार्टी ‘रिफर्म यूके’का उमेदवारलाई पराजित गरेका थिए । त्यसपछि प्रधानमन्त्री पदका लागि उनको सम्भावित दाबेदारीको चर्चा तीव्र बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)