पुँजीबजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छ : अध्यक्ष सागर ढकाल
corporatenepal.com · Fri May 29 13:31:14 GMT 2026

काठमाडौं । सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले सकारात्मक प्रतिक्रिया जनाएको छ। विशेषगरी पुँजी बजार सुधार,प्रविधिमैत्री कारोबार प्रणाली,गैरआवासीय नेपाली लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवातसम्बन्धी घोषणालाई ब्रोकर समुदायले ऐतिहासिक तथा दूरदर्शी कदमका रूपमा व्याख्या गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटले नेपालको पूँजी बजार सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)