मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्– बजेट महत्त्वाकांक्षी भए पनि सन्तोषजनक छ

shilapatra.com · Fri May 29 13:32:00 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट महत्त्वाकांक्षी भए पनि समग्रमा सन्तोषजनक रहेको बताएका छन् ।

स्थिर सरकार भएकाले कार्यान्वयन पक्षमा चनाखो हुनुपर्ने उनले बताए । स्रोत व्यवस्थापनमा पनि सरकार चनाखो हुनुपर्ने देखिएको उनले बताए ।

'चुनावी प्रतिबद्धता र सरकारका सय दिनका कार्यक्रमको निरन्तरताजस्तो देखिन्छ । कर, अन्तशुल्क, साफ्टालगायतका निजीक्षेत्रले उठाएका कुरालाई सम्बोधनको प्रयास गरिएको छ', श्रेष्ठले भने, 'अटो क्षेत्रमा खास नयाँ आएको छैन । पूर्वाधारमा केही नयाँ देखिन्छ । आईटी क्षेत्र, विद्युत् क्षेत्र र सार्वजनिक संस्थानलाई निजीकरण गर्ने कुरा महत्त्वपूर्ण छन् ।'

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३

१९:१७

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)