सांसदले संक्रामक पशु रोगपीडित किसानलाई क्षतिपूर्ति दिन मागे कोष
ratopati.com · Mon Sep 14 08:17:05 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले संक्रामक रोगबाट पशुधन गुमाएका किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न छुट्टै कोष स्थापना गर्नुपर्ने माग राखेका छन्। सोमबार विधायन व्यवस्थापन समितिमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथिको दफावार छलफलमा सांसदहरूले कोष स्थापनाको माग गरेका हुन् ।
छलफलमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कृषि क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै किसानको संरक्षणका लागि राज्यले क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने बताए। किसानलाई बलियो नबनाई राष्ट्रको अर्थतन्त्र सुदृढ हुन नसक्ने भन्दै उनले महामारीका कारण पशु गुमाउने किसानलाई राज्यको दायित्वभित्र ल्याउन र क्षतिपूर्ति दिन छुट्टै कोषको स्थापना गर्नैपर्ने र कोषमा सरकारी बजेटका साथै कृषि क्षेत्रबाट प्राप्त हुने अन्य स्रोतहरू पनि जम्मा गर्नुपर्ने सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)