नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
arthasansar.com · Mon Sep 14 08:18:23 GMT 2026

नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८ सय ५७ कित्ता बराबरको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँको सेयर निष्कासन गर्दै छ । कम्पनीले सम्झौता भएको मितिले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने छ । सोही अवधिभित्र सेयर निष्कासन नभए पुन: नयाँ सम्झौता गर्नुपर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)