सञ्चारमन्त्री तिमिल्सिनाद्वार रासस चितवनको निरीक्षण
gorkhapatraonline.com · Mon Jun 22 09:08:51 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस) भरतपुरको नवनिर्मित तालिम भवनको आज निरीक्षण गर्नुभएको छ।
नवनिर्मित भवनको सबै कक्षको निरीक्षणपछि यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने बताउँदै कर्मचारी तथा स्थानीय समाचारदाताका बारेमा जानकारी लिनुभयो । सो अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले समाचार सेवालाई छिटो छरितो रुपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो। समाचार सामग्री उत्पादनमा महत्वपूर्ण भूमिका रहेको राससले सूचना प्रविधिको क्षेत्रमा द्रुतगतिमा भएको विकासलाई आत्मसात् गरी देश र जनताका पक्षमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले पाँच करोड ७६ लाख ७१ हजार लागतमा निर्माण गरेको रासस भवनमा २० वटा कोठा र सभाकक्ष रहेको छ । भरतपुर महानगरपालिका वडा १० स्थित भरतपुरमा आफ्नै जग्गामा निर्माण भएको रासस तालिमकेन्द्र भवनमा भूमिगत पार्कीङ् समेत रहेको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)