मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टीको केन्द्रीय पदाधिकारीमा दाबी गर्न सक्छु- मनिष झा

setopati.com · Mon Jun 22 09:06:44 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले केन्द्रीय पदाधिकारीमा दाबी गर्न सक्ने बताएका छन्।

महाधिवेशनस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रवक्ता झाले पार्टीभित्र स्थापना कालदेखि नै भूमिका निर्वाह गरेकाले पदाधिकारीमा आफ्नो दाबी स्वाभाविक रहने बताएका हुन् ।

'मलाई कहाँ देख्न चाहनुहुन्छ भन्ने कुरा त प्रतिनिधिहरूले भन्नुहुन्छ होला। मैले इच्छा राखेर भएन। केन्द्रीय पदाधिकारीका रूपमा देख्न चाहनुभएको छ। म अहिलेसम्मको स्थापना कालदेखि यहाँ आइपुग्दै गर्दा पार्टीमा जुन किसिमको आफ्नो भूमिका निर्वाह गरेको छु त्यसले आगामी पदाधिकारीमा दाबी गर्न सक्छु। यसलाई अस्वाभाविक रूपमा कसैले लिनुहुन्न होला,' पत्रकारहरूसँग उनले भने।

पत्रकारहरूले पछिल्लो समय पार्टीभित्र र संसदमा पनि मनिष झा ओझेल पर्दै जानुको कारण पनि सोधेका थिए।

जबाफमा झाले आफू सिंहावलोकनमा रहेको बताएका थिए।

'कहिलेकाँही आफूलाई रोक्नुपर्छ। अस्वाभाविक गतिले अस्वाभाविक परिणाम पनि ल्याउन सक्छ। त्यो सँधै आफ्नो पक्षमा नहुन पनि सक्छ,' उनले भने।

संसदमा भर्खरै ७० वटा बैठक भएकाले अहिल्यै निष्कर्षमा पुग्न नमिल्ने बताए।

'जम्मा ७० वटा बैठक भएको छ। ६० महिनाको कार्यकालमा जम्मा तीन महिना भएको छ। ५ वर्षको राजनीतिक यात्रामा तीन महिनामै निष्कर्षमा पुग्न सक्छौं र? यो कुरा कतिको उपयुक्त हो?,' उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)