विकट गाउँमा सडक नपुग्दा सास्ती
ratopati.com · Sat Nov 29 20:39:00 GMT 2025

बागलुङ। जैमिनी नगरपालिका–८ सल्यानधारा गाउँमा अहिलेसम्म सडक पुगेको छैन । छिमेकी गाउँमा मोटर बाटो पुगेको वर्षौँ भयो । तर यस गाउँका स्थानीय गाडी चढ्नका लागि अर्को गाउँमा पुग्नुपर्ने बाध्यता छ । नगरपालिकाले सडक पुर्याउन वर्षौँदेखि प्रयास गर्दै आएको छ । वडा नं ८ कै केवैखानी गाउँ र सल्यानधाराको बीचमा ठुलो भिर र चट्टानसहितको पहरा हुँदा सडकले जोडिन नसकेको हो ।
सल्यानधारालाई सडक सञ्जालमा जोड्न धुस, वाइनकुना र अर्को छिस्ती केवैखानी हुँदै सडकको निर्माण गरिँदै छ । केवैखानी हुँदै जोड्नका लागि अब करिब एक सय मिटर बाँकी रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । वाइनकुनाबाट अझै डेढ किलोमिटर सडक निर्माण गरेपछि मात्र सल्यानधारा गाउँमा मोटर बाटो पुग्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)