बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा
bishowkhabar.com · Mon Jun 22 09:14:43 GMT 2026

काठमाडौं– बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
लेबर पार्टीभित्र बढ्दो असन्तुष्टि र दबाबपछि उनले यस्तो निर्णय लिएका हुन् ।
१० डाउनिङ स्ट्रिटबाट देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले देशको हितलाई प्राथमिकता दिँदै पार्टी नेतृत्वबाट अलग हुने बताएका छन् ।
नयाँ नेता चयन नभएसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहनेछन् ।
लेबर पार्टीले जुलाई ९ देखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्नेछ ।
ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नहम नयाँ प्रधानमन्त्री बन्ने दौडमा अग्रस्थानमा रहेका छन् ।
जुलाई २०२४ मा प्रधानमन्त्री बनेका स्टार्मरको लोकप्रियता पछिल्लो समय घट्दै गएको थियो ।
उनको बहिर्गमनसँगै बेलायतले पछिल्लो १० वर्षमा सातौँ प्रधानमन्त्री पाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
किएर स्टार्मर