मलेसियाद्वारा बङ्गलादेशी कामदारको अधिकार संरक्षण सुदृढ गर्ने प्रतिबद्धता
kendrabindu.com · Mon Jun 22 09:22:43 GMT 2026

पुत्रजया । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बङ्गलादेशी आप्रवासी कामदारहरूको अधिकार संरक्षणलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बङ्गलादेशी प्रधानमन्त्री तारिक रहमानसँग सोमबार भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री अनवरले श्रमिकमाथि हुने शोषण र दुर्व्यवहार अस्वीकार्य रहेको बताए । मलेसियामा करिब आठ लाख बङ्गलादेशी कामदार कार्यरत छन्, जुन देशको आप्रवासी श्रमशक्तिको करिब एक तिहाइ हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)