फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा
gorkhapatraonline.com · Mon Sep 14 08:39:33 GMT 2026

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाले स्थानीय किसानलाई कृषिमा आकर्षित गर्ने र उनीहरुले उत्पादन गरेको कृषिउपज (वस्तु) को बजारीकरणमा सहयोग गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सेवा सुरु गरेको हो ।
कृषि उत्पादनमा बिचौलियाको प्रभाव अन्त्य गर्न तथा कृषिउपज र बजारबिच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न पनि पालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र फक्ताङ्लुङ गाउँपालिकाको लागत साझेदारीमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न सुरु गरिएको पालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)