हालसम्म देशका ५ प्रदेशमा फैलियो मनसुन
annapurnapost.com · Mon Jun 22 09:26:41 GMT 2026

काठमाडौं : यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग ,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन आगमन बुलेटिन -२ जारी गरेर उक्त जानकारी दिएको हो।
नेपालमा यस वर्षको मनसुन सरदर भन्दा ६ दिन ढिलो गरी जुन १९ मा कोशी प्रदेशबाट आगमन भएको थियो। मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ