सेयर बजार घट्दा पनि फाइनान्समा आकर्षण
onlinekhabar.com · Mon Jun 22 09:37:17 GMT 2026

८ असार, काठमाडौं । सोमबार सेयर बजार १.४६ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ । बजारमा दिनभरको उतारचढाव न्यून रह्यो। अघिल्लो कारोबार दिन शुक्रबार नेप्से १.६३ अंक बढेको थियो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडको भयो । ११६ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने १४ को स्थिर रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ