विद्युतीय सार्वजनिक बस सञ्चालनमा जोड दिइने
kendrabindu.com · Fri May 29 14:11:20 GMT 2026

काठमाडौं । सरकारले विद्युतीय सार्वजनिक बस सञ्चालनमा जोड दिएको छ । आज प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा उपत्यकालगायत ठूला सहरमा विद्युतीय सार्वजनिक बस सञ्चालनमा जोड दिने उल्लेख छ ।
“काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेसन, ट्र्याकिङ प्रणाली, स्मार्ट बसपार्क, सुदृढ संस्थागत व्यवस्थासहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम सुरुआत गर्नेछौँ । पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई–मोबिलिटी सेवा छिट्टै सुरुआत गर्नेछौँ,” अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)