एमालेमा विशेष महाधिवेशनको चर्चा, के छ विधानमा व्यवस्था ?
ratopati.com · Mon Sep 14 08:57:55 GMT 2026

काठमाडौँ । दुई प्रतिवेदन एउटै बनाउने उद्देश्यले आवासीय बैठकमा जुटेका एमाले नेताहरूबिच पार्टी पुनर्गठनको मुद्दा पेचिलो बनेको छ । काभ्रेको बल्थली रिसोर्टमा दुई दिनदेखि जारी बैठकमा पार्टी पुनर्गठनको विकल्प नभएको भन्दै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् आयोजना गर्नुपर्ने प्रस्ताव गरिए पनि त्यसमा सहमति जुटाउन सकस भएको छ ।
महासचिव तथा एमाले पुनर्गठन कार्यदलका सदस्यसचिव शङ्कर पोखरेलले कार्यदल बैठकमा प्रतिवेदन मस्यौदा पेस गर्दै निकासका लागि उपयुक्त विकल्प नै प्रतिनिधि परिषद् हुने प्रस्ताव गरेका हुन् । तर, पोखरेलको उक्त प्रस्तावमा कार्यदल संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव महेश बस्नेत लगायत कार्यदलका सदस्यहरूले प्रतिनिधि परिषद् बैठक आवश्यक नभएको तर्क गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)