मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतका प्रधानमन्त्रीले दिए राजीनामा

lokaantar.com

बेलायतका प्रधानमन्त्री तथा लेबर पार्टीका नेता केयर स्टार्मरले पदबाट राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्री निवासबाहिर सोमबार सम्बोधन गर्दै पार्टीभित्र आफू आगामी आमनिर्वाचनसम्म नेतृत्व गर्न उपयुक्त व्यक्ति हो कि होइन भन्नेबारे प्रश्न उठिरहेको र त्यसको जवाफ आफूले सुनेको बताएका छन् ।

राजीनामाको घोषणा गर्दै स्टार्मरले प्रधानमन्त्रीका रूपमा गरेका प्रत्येक निर्णय देशको हितलाई पहिलो प्राथमिकतामा राखेर गरिएको बताए । उनले आफूले माया गर्ने देशका लागि काम गरेको उल्लेख गर्दै नेतृत्व हस्तान्तरण गर्ने निर्णय लिएको बताए ।

भावुक देखिएका स्टार्मरले आफ्नी पत्नी विक्टोरियालाई धन्यवाद दिँदै उनलाई आफ्नो ‘सबैभन्दा ठूलो साथ’ भएको बताए । उनले अब आफ्ना सन्तानका लागि राम्रो बुबा बन्न चाहेको पनि उल्लेख गरे ।

स्टार्मरले लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म आफू प्रधानमन्त्री पदमै रहने जानकारी दिएका छन् । उनले पार्टीको शासकीय निकायलाई संसद् सेप्टेम्बरमा पुनः बस्नुअघि नै नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्न आग्रह गरेका छन् ।

उनको सम्भावित उत्तराधिकारीका रूपमा चर्चा गरिएका एन्डी बर्नहम गत साता सम्पन्न उपनिर्वाचनमा मेकरफिल्ड क्षेत्रबाट निर्वाचित भएका छन् । उनी आज वेस्टमिन्स्टरमा सांसदका रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

स्टार्मरको राजीनामासँगै बेलायती राजनीतिमा नयाँ नेतृत्वको खोजी शुरू भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय