नयाँ कोष थप्ने होइन, एकीकृत गर्ने सरकारको नीति छ : मन्त्री चौधरी
barnanmedia.com · Mon Sep 14 08:56:06 GMT 2026

काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ ।
सोमबार विधायन व्यवस्थापन समितिमा भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफलका क्रममा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनुभएको हो । बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गरेको थिए । तर कृषिमन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्ष्पट पार्नुभएको हो । विभिन्न प्रयोजनका लागि विगतमा स्थापना गरिएका कोष प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको तथा कतिपय अवस्थामा दुरुपयोग समेत भएको उहाँको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)