उदयपुर, सुनसरी र धनकुटामा ठूलो वर्षा
Ujyaaloonline.com · Mon Sep 08 00:05:54 GMT 2025

काठमाण्डौ – गएराति सुनसरी, धनकुटा र उदयपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा उयदपुरको गाईघाटमा एक सय १५ मिलिमिटरभन्दा धेरै पानी परेको छ । देशका अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
सिन्धुपाल्चोक, दोलखा, लमजुङ, कास्की, म्याग्दी, सुर्खेत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भेगका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरू ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)