अफगानिस्तानलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि पाकिस्तानले जित्यो
Ujyaaloonline.com · Mon Sep 08 00:47:12 GMT 2025
काठमाण्डौ – त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि पाकिस्तानले जितेको छ । गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ७५ रनले हराउँदै उपाधि जितेको हो । पाकिस्तानले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १५ ओभर पाँच बलमा ६६ रनमा अलआउट भयो ।
अफगानिस्तानका कप्तान रशिद खानले १७ र सेदिकुल्लाह अटलले १३ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले पाँच विकेट लिए । यस्तै सुफियान मुकीम र अबरार अहमदले दुई तथा शाहीन शाह अफ्रिदीले एक विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)