सामाजिक सञ्जाल बन्दले अध्ययन अनुसन्धानमै असर परेको भन्दै विकल्प खोज्न विद्यार्थी सङ्ठनको माग
Ujyaaloonline.com · Mon Sep 08 00:33:23 GMT 2025

काठमाण्डाै – सत्तारुढ दल निकटसहितका विभिन्न १७ विद्यार्थी सङ्गठनहरूले सामाजिक सञ्जाल बन्द भएपछि विद्यार्थीको अध्ययन, अन्वेषण र अनुसन्धानमा असर परेको भन्दै विकल्प खोज्न सरकारसँग आग्रह गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर सामाजिक सञ्जाल बन्द हुँदा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित भएको तथा कतिपय व्यवसायमै असर गरेको उल्लेख गरेका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार झन्डै ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमार्फत बजार विस्तार ग्राहक सम्पर्कमा निर्भर भएकाले यस प्रतिबन्धले उनीहरूको रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने गम्भीर खतरा उत्पन्न भएको विद्यार्थी सङ्गठनहरुको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)