एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न : सबै प्रतिवेदन सर्वसम्मत पारित
Ujyaaloonline.com · Mon Sep 08 00:22:29 GMT 2025

काठमाण्डौ – नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् ।
महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्ताव सर्वसम्मत पारित भएको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)