युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रुसी राष्ट्रपति पुटिनले गरेको वार्ताको प्रस्ताव अस्वीकार
Ujyaaloonline.com · Mon Sep 08 01:59:46 GMT 2025

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल आक्रमण भइरहेकोले आफू रुसको राजधानी मस्को जान नसक्ने बताउनुभएको छ ।
उहाँले रुसी राष्ट्रपति पुटिन आफैं युक्रेन आउन सक्ने विकल्प दिनुभएको छ । जेलेन्स्कीले पुटिनलाई वास्तवमा शान्ति र वार्ता चाहेको नभइ समय लम्ब्याउने खेल खेलिरहेको आरोप समेत लगाउनुभएको छ । यसअघि पुटिनले यदि जेलेन्स्की तयार भए मस्को आउन सक्ने र वार्ता हुन सक्ने बताउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)