मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सामाजिक सञ्जाल बन्द हुँदा दैनिक जनजीवन र अर्थतन्त्रमा असर

Ujyaaloonline.com · Mon Sep 08 03:22:57 GMT 2025

काठमाण्डौ – सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन भन्दै सञ्चार मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेपछि दैनिक जनजीवन र अर्थतन्त्रमा नकारात्मक असर देखिन थालेको छ । अनलाइन व्यापार ठप्प हुँदा यसका सञ्चालक र श्रमिक सबैभन्दा बढी मारमा परेका छन् । फेसबुक, इन्स्टाग्राम, यूट्यूब, ह्वाट्सएप, लिंक्डइनजस्ता डिजिटल प्लेटफर्म राम्रोसँग नचल्दा आपसी संवाद, सूचना आदानप्रदान र डिजिटल बजारमा प्रत्यक्ष असर पारेको छ ।

नेपालमा कानूनीरूपमा कर बुझाएर सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई सरकारले निर्देशिकाको आधारमा बन्द गर्दा नागरिकको सुसूचित हुन पाउने अधिकार बञ्चित गरेको छ । संसदमा विचाराधीन सामाजिक सञ्जाल विधेयक विवादित बनिरहेका बेला सरकारले सामान्य निर्देशिकाको भरमा सामाजिक सञ्जाल निष्कृय बनाएको हो । कतिपयले नेपालमा कारोबार गर्ने सामाजिक सञ्जालले कर तिर्नुपर्ने भन्दै सामाजिक सञ्जाल निष्कृय बनाउने सरकारी निर्णयलाई समर्थन गरिरहेका छन् । तर अहिलेको विषय करसँग सम्बन्धित छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)