माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु
Ujyaaloonline.com · Mon Sep 08 03:46:26 GMT 2025

काठमाण्डौ – सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाण्डौको माइतीघरमा प्रदर्शन शुरु गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरुमध्ये कतिपय स्कूल, कलेजको ड्रेसमै उपस्थित भएका छन् ।
जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताहरुले स्वतः स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)