मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागार्जुनका मेयरलाई दुई मुद्दा चलाउदा कांग्रेस चुप, बागमतीका मेयरलाई वन मुद्दा चलाउन खोज्दा प्रचण्डको हारगुहार

barnanmedia.com · Tue Feb 11 22:14:14 GMT 2025

नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत कांग्रेसबाट निर्वाचित भएका हुन्। ०७४ मा मेयर बनेका उनले ०७९ को चुनावमा पनि मेयरमा जिते। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामै उनीविरुद्ध दुई मुद्दा चलाएको छ। अख्तियारले गत पुसमा मात्र ९ करोड २२ लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको थियो। पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको थियो।

यो मुद्दा अदालतमा विचाराधीन रहेकै बेला अख्तियारले गत साता मात्र ८ करोड ६९ लाख अवैध सम्पत्ति रहेको भन्दै भ्रष्टाचार मुद्दा चलायो। गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात रकम, खरिद गरिएका घरजग्गा किनेको पाइएको भन्दै सम्पत्ति जफतको पनि मुद्दा चलाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)