मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामाको घोषणा तर सेप्टेम्बरसम्म जिम्मेवारीमा रहनुपर्ने

arthadabali.com · Mon Jun 22 09:53:29 GMT 2026

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् ।

नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताएका छन् ।

मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो । त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु”, उनले भावुक हुँदै भने ।

स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ । नयाँ नेता छनोट नभएसम्म उनी प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछ । नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ ।

सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।

सम्बन्धित विषय:

# बेलायती प्रधानमन्त्री

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)

सम्बन्धित विषय