विपन्नलाई मूलधारमा ल्याउने तिलोत्तमाको पहल
himalpress.com · Mon Jun 22 09:52:39 GMT 2026

बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिकाले समावेशिताका सवालमा उदाहरणीय कार्य गरेको छ। दलित समुदायमाथि हुँदै आएको विभेद अन्त्य गर्न र ऐनकानुन कार्यान्वयनका लागि सरकारी तहबाट तिलोत्तमाले अग्रणी भूमिका खेलेको पाइएको हो। जातीय भेदभाव तथा छुवाछुतमुक्त नगर न्यायपूर्ण समतामूलक समाज निर्माणका लागि दलित विकास रणनीति (२०८०-२०८४) विकास योजना ल्याएको छ।
नगरपालिकाले आफ्नो नीति, कार्यक्रम र योजनालाई समावेशी र समतामूलक बनाउन दलित समुदायको यथार्थ चित्रण गर्ने उदेश्यले दलित पाश्र्वचित्रसमेत प्रकाशित गरेको छ। दलित समुदायको अवस्थाका आधारमा योजना निर्माण, २०८० देखि २०८४ सम्मको दलित विकास रणनीतिदेखि तिलोत्तमा नगरपालिकाकै अग्रसरतामा विभिन्न अभियानमूलक कार्यक्रम गर्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)