गृहमन्त्री लेखकले व्यापारिक वातावरण असुरक्षाको अनुभुति गर्नु नपर्ने बतायाे
barnanmedia.com · Tue Feb 11 22:21:38 GMT 2025

गृहमन्त्री रमेश लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास र असुरक्षाको अनुभुति गर्नु नपर्ने बताउनुभएको छ ।
उहाँले सरकारले उद्यमी, व्यवसायीको सुरक्षाको नीति लिएको बताउनुभयो । सिन्धुली उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभा एवं १५औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्वाध रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । ‘व्यवसायीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्छ । तपाईहरूमाथि कुनै पनि अवाञ्छित दबाब सिर्जना भएमा स्थानीय प्रशासन, गृह मन्त्रालयलाई जानकारी गराउनुस्, हामी निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्ने अवस्थाका लागि प्रतिबद्ध छौँ’, गृहमन्त्री लेखकले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)